उपचार खर्चको अभावका कारण विगत ६ वर्षदेखि साङ्लोमा बाँधेर राखिएका उदयपुरका एक युवकको त्रियुगा नगरपालिकाले उद्धार गरेको छ ।
त्रियुगा नगरपालिका वडा नं. ६, लालपत्ताका मानसिक बिरामी २१ वर्षीय रामबहादुर परियारलाई त्रियुगा नगरपालिकाले उद्धार गरेर उपचारका लागि हेटौंडा पठाएको हो ।
त्रियुगा नगरपालिकाका उपप्रमुख महेश्वरी राई र समाजसेवी भागवत राउतको नेतृत्वमा बिरामीको उद्धार गरी उपचारार्थ हेटौंडास्थित मानव सेवा आश्रम पठाएको छ ।
रामको मानसिक सन्तुलन गुमेपछि दिदी हस्तमाया बिकको घरमा साङ्ग्लोले बाँधेर बस्न बाध्य थिए । त्रियुगा नगरपालिकाले बिरामीलाई मानव सेवा आश्रम हेटौंडा पुर्याउन सवारी साधनको व्यवस्था गर्नुका साथै मानव सेवा आश्रममा सहजीकरण गरेर उपचारमा सहयोग गर्ने व्यवस्था मिलाइएको नगरपालिकाका उपप्रमुख महेश्वरी राईले जानकारी दिइन् ।
त्रियुगा नगरपालिका भित्र कोही पनि मानसिक बिरामी उपचार अभावमा बस्नु नपरोस् भनेर नगरपालिकाले बिरामीहरूको तथ्यांक संकलन गरेर नियमित उद्धार गर्ने कार्ययोजना बनाएको त्रियुगा नगरपालिकाले जनाएको छ ।
यो पनि पढ्नुहोस: एक महत्त्वपूर्ण भारतीय हिन्दू मन्दिर हो, जुन पवित्र शहर मदुरैमा अवस्थित छ। मन्दिर सुन्दरेश्वर (भगवान शिवको रूप) र मीनाक्षी (देवी पार्वतीको रूप) लाई समर्पित छ। ४ शानदार टावरहरू रहेको यो मन्दिरमा मुख्य देवताहरूको लागि दुई सुनौला गोपुरमहरू छन्, जुन विस्तृत रूपमा मूर्तिकला र चित्रित छन्।
यो मन्दिर तामिल जनताका लागि महत्वपूर्ण प्रतीक हो, र हजारौं वर्षको अन्तिम जोडीको लागि उल्लेख गरिएको छ, यद्यपि वर्तमान संरचना १७ औं शताब्दीको शुरुमा निर्माण गरिएको थियो। धर्ममा आस्था राख्ने मानिसहरु केवल शारीरिक स्वास्थको प्रसंगमा मात्र नास्तिकहरुभन्दा उत्कृष्ट हुँदैनन्, उनीहरुको मानसिक स्वास्थ्य पनि अपेक्षाकृत उत्कृष्ट हुन्छ ।